नियम ११
तहसिलदारको काम र कर्तव्य
(१) प्रचलित कानूनमा र यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम र कर्तव्यको अतिरिक्त तहसिलदारको काम र कर्तव्य देहायबमोजिम हुनेछन् -
(क) देवानी मुद्दाको फैसला अनुसार कार्यान्वयन गर्नु पर्ने विषयलाई लगत किताबमा कसी प्रमाणित गर्ने र सो लगतमा कुनै परिवर्तन भएमा अद्यावधिक गरी सो अनुसार फैसला कार्यान्वयन गर्ने,
(ख) फौजदारी मुद्दाको फैसला अनुसारको दण्ड जरिबानाको लगत कसी प्रमाणित गर्ने र सो लगतमा पुनरावेदन सुन्ने अदालतबाट भएको फैसलाअनुसार विवरण अद्यावधिक गरी सो अनुसार फैसला कार्यान्वयन गर्ने,
(ग) फैसला कार्यान्वयनको लागि सम्बन्धित व्यक्तिलाई म्याद सूचना दिनु पर्ने भए सो पठाउने,
(घ) अन्य अदालतबाट कार्यान्वयन हुनुपर्ने लगत भए अन्य अदालतमा पठाउने,
(ङ) फैसला कार्यान्वयनको सम्बन्धमा परेका कानून बमोजिम मिलापत्र हुन सक्ने मुद्दाका निवेदनहरू कानून बमोजिम मेलमिलापकर्ता समक्ष पठाउने र मेलामिलाप हुने भएमा मिलापत्र गराउने,
(च) मुद्दामा पेश भएका दशी, मालसामान वा चीजवस्तुको अभिलेख राखी सुरक्षित राखे, सम्बन्धित व्यक्तिले फिर्ता पाउने भएमा फिर्ता गर्ने वा कानून वमोजिम व्यवस्थापन गर्न,
(छ) फैसला कार्यान्वयन सम्बन्धी अन्य कार्यहरु गर्ने।
(२) यस नियमावलीमा उल्लेख भए बाहेक कुनै विषयमा अडबड परेमा तहसिलदारले सो बिषय इजलास समक्ष पेस गरी भएको आदेशानुसार गर्नु पर्नेछ। (३) तहसिलदारको अनुपस्थितिमा निजले गर्नु पर्ने कामहरू प्रमुख भै काम गर्ने न्यायाधीशले तोकेको कर्मचारीले गर्नेछ।